निर्यात रोकिएपछि मलेसियाका ग्लोव कम्पनीहरुले श्रमिकलाई रकम फिर्ता गर्दै

everest kitchen

ऐजेन्सी । मलेसियाका केहि कम्पनीहरुले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेका छन् ।

मलेसियामा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुले चर्को भर्ना शुल्क एजेन्टलाई तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न हुनुपरेकोले चर्को श्रम शोषण गरिएको आवाज सञ्चारमाध्यममा उठ्न थालेको थियो । उक्त कार्यको विरोधसंग अमेरिका लागायत विभिन्न मुलुकहरुले मलेसियाको ग्लोव आयातमा बन्देज लगाएपछ मलेसियाका ग्लोब कम्पनीहरुले रकम फिर्ता गर्न थालेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

Add
advertise

ग्लोब उत्पादन गर्ने मलेसियाकै ठुलो ग्लोब कम्पनी “टप ग्लोब”ले यही अगष्ट भित्र समस्या सुल्झिने गरि रकम फिर्ता गर्ने जनाएको छ । उक्त कम्पनीको ५ करोड रिंगेट बरावरको रकम श्रमिकहरुलाई फिर्ता गर्नुपर्ने प्रारम्भीक अनुमान गरेको छ । टप ग्लोबले अमेरिकाले ग्लोव निर्यातमा लगाएको प्रतिवन्ध फिर्ता हुने अपेक्षासहित रकम फिर्ता गर्ने तयारी गरेको बताईसकेको छ ।

त्यस्तै ग्लोव उत्पादक कम्पनी डव्लुआरपीले गत महिना देखि नै किस्तावन्दीमा रकम फिर्ता गर्दै आएको बताएको छ ।

यस्तै हार्टालेगा होल्डिङ्सले नामक ग्लोव कम्पनीले पनि श्रमिकहरुले मलेसिया आउदा तिर्नुपरेको रकम फिर्ता गर्ने योजना अगाडी सारेको बताएको छ । उक्त कम्पनीले करिब ४ करोड मलेसियन रिङगेट श्रमिकलाई फिर्ता दिनुपर्ने छ ।

मलेसिया जादा कुनै पनि शुल्क नलाग्ने भनिएपनि नेपालबाट जाने श्रमिकहरुले १ लाख देखि २ लाख ५० हजारसम्म शुल्क तिर्ने गरेका छन् ।

मलेसिया स्थित रोजगारदाता कम्पनीलाई जसले आर्थिक प्रलोभन पार्न सक्छ अर्थात जसले धेरै कमिसन दिन सक्छ उसले कामदारको मागपत्र पाउने गरेको र सोही अनुरुप नाफा राखेर सम्बन्धित देशका एजेन्टहरुले श्रमिकहरु मलेसिया पठाउने गरेकोमा विरोध हुदै आएको छ ।