मलेसियामा नेपाली सुरक्षागार्ड कुटपिट गर्ने राम गोपाललाई चार महिना जेल सजाय

everest kitchen

क्वालालम्पुर । मलेसियाको क्वालालुम्पुर मजिस्ट्रेटको अदालतले नेपाली सुरक्षागार्ड कुटपिट भाइरल भिडियोका दोषीलाई आज चार महिनाको जेल सजाय सुनाएको छ ।

नेपाल कपिलवस्तुका स्थायी बासिन्दा ३४ वर्षीय राम गोपाल मुराउलाई नवलपरासीका ईस्माइल हुसेनलाई निर्घात कुटपिट गरिएको भिडियोको आधारमा पक्राउ गरि दोषी ठहर गर्दै चार महिना जेल सजाय सुनाएको मलेसियाको अध्यागमन विभागले उल्लेख गरेकाे छन् । अदालतले उनलाई पक्राउ गरिएको मितिदेखि मान्य हुने गरि जेल सजाय सुनाएको हो ।

Add
advertise

गत जुलाईमा राम गोपालले इस्माइल हुसेनलाई मलाय भाषामा गाली गर्दै निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि नेपाली राजदुतावास मलेसियाले प्रहरीलाई उजुरी गर्दै पीडितलाई सम्पर्कमा ल्याएको थियो ।

उक्त भिडियोमा कुटपिट गर्ने आफु रहेको भन्दै रामगोपाल स्वयं प्रहरीमा उपस्थिति भएका थिए । कुटपिट सम्बन्धमा कुटाइ खाने हुसेनले इन्डोनेसियन मुलकी महिलाई दुरव्यवहार गरेपछि कुटपिट गरेको उनले प्रहरी समक्ष बयान दिएका थिए ।

मलेसियाको अध्यागमन कानून अनुसार पिडक र पिडित दुवैजना मलेसियामा प्रवेसाज्ञा/भिसा नभएको अवस्थामा रहेको नेपाली राजदुतावास मलेसियाले यसअघिनै जानकारी दिएको थियो । पीडित हुसेन पनि भिषा सकिएको अवस्थामा रहेकोले प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ भने उनको उद्धार बारे पहल भैरहेको दुतावासले जनाएको छ ।