नेपाली मजदुर एकता समाज मलेसियाको पुनर्गठन, अध्यक्षमा सुवेदी

everest kitchen


मलेशिया । देश तथा बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र बिदेशमा विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको उद्धार गर्ने अभिप्रायले स्थापित मजदुर एकता समाज मलेसियाले कार्यसमिति पुनर्गठन गरेको छ ।

संस्थाको वार्षिक उत्सवको क्रममा केहि देशहरुमा शाखा कार्यसमिति गठन भएका छन् भने हालै मलेशिया शाखाले पनि कार्यसमिति पुनर्गठन गरेको हो ।

Advertise
Add
advertise

मलेसिया शाखाका पुर्व अध्यक्ष केन्द्रिय समिति अध्यक्ष तथा महासचिव अभियान्ताको रूपमा संगठन संचालन गर्नुपर्ने भएसंगै रिक्त हुन पुगेका पद पुर्ती गरेको संस्थाले उल्लेख गरेको छ ।

अभियान्ता- दिलिप भट्टराई समर्पण, प्रमुख संरक्षक- तेज बहादुर कार्की, संरक्षक- प्रेम बहादुर शाही दिलिप, प्रमुख सल्लाहकार- सिताराम बस्नेत, अध्यक्ष- राम प्रसाद सुबेदी संगम, बरिस्ठ उपाध्यक्ष- अर्जुन सिहं अनुरागी, उपाध्यक्ष- इन्द्र कुमार राई, महिला उपाध्यक्ष- गंगा चाम्लिङ राई, महासचिव -रेश्माकला राई, सचिव- सन्ताेस फुल्लेल, काेषाध्यक्ष- विशाल श्रेष्ठ, सह-काेषाध्यक्ष- दिपक बाेहरा, प्रबक्ता-भिम लुहार र सदस्यहरु:- अर्पण मगर, प्रेम बिस्ट, निर्मल खवास, जीवन नेगी, अमृत परियार
प्रकाश बन्जारा सहयात्री रहेका छन् ।