एनआरएन मलेसियामा अस्थायी जागिर खुल्याे

everest kitchen


मलेसिया । एनआरएन मलेसियाले कोभिड-१९ सम्बन्धि सुचारु गरिएको एक परियोजनाका लागि करार कर्मचारी माग गरेको छ ।

प्रवासि नेपाली कामदारहरूकाे निम्ति काेविड – १९ काे जवाफदेहिता “सहयाेग र उद्दार” ( covid-19 response to nepali migrant workers “Relifef and Repatriation) नामक परियोजनाका लागि कनुनी परामर्शदाता एक जना, समुह नेता एकजना, क्षेत्र अधिकारी महिला पुरुष एक-एक जनाको माग गरिएको छ।

Advertise
Add
advertise

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यनयन अन्तर्गत एनआरएन मलेसिया उक्त परियोजना सञ्चालन गर्न लागेको हो ।

एनआरएन मलेसियाका वरिष्ठ उपाध्यक्ष सुन्दर आलेका अनुसार उक्त परियोजना अन्तर्गतका विभिन्न पदमा मलेसियाको भिषा भएका योग्यता पुगेका जुनसुकै नेपालीले आवेदन दिन पाउनेछन् । परियोजना पाँच महिनाको लागि मात्रै हुनेछ ।

आवेदन दिने नेपाली : आप्रवासी कामदार सम्बन्धि ज्ञाता भएको, स्थानीय भाषा जान्ने, कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान भएको, एनआरएन सदस्य भएको, स्थानीय बैंक खाता भएको हुनुपर्ने तोकिएको छ । त्यस्तै कानुनी परामर्शदाताका लागि सम्बन्धित विषयमा स्नातक, स्नातकोत्तर वा सो सरह हुनुपर्ने छ भने अन्य पदको लागि भने प्रविणता प्रमाणपत्र तह पास गरेको हुनुपर्ने छ ।