कोरोना : नेपालमा संक्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ पुग्यो , मृत्यु हुने ९९ पुगे

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५ सय ९४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५ सय ९४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ९१३ रहेको छ ।

Advertise
Add
advertise

त्यस्तै शुक्रबार २४० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ७७ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ९९ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।