राहत सामाग्रीसहित गृहमन्त्री थापा सिन्धुपाल्चोक प्रस्थान

everest kitchen


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएको पहिरोले विस्थापित तथा पीडितलाई राहत सामाग्री सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्यसतर्फ प्रस्थान गरेका छन ।

राहत सामग्री लिएर गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका छन् भने उनको टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि संगै गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

Advertise
Add
advertise

भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत सामाग्री लिएर टोली पहिरो गएको छ ।

शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा २२ घर पुरिँदा जुगल गाउँपालिकामा ३८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी तथा उद्दार कार्य जारी रहेको बताएको छ ।