जुगल पहिरो : ११ जनाको शव फेला, पाँच जनाको उद्धार

everest kitchen


काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल-२ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

उक्त पहिरोमा परि ३८ जना पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको र पाँच जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।

Add
advertise
Advertise

उनका अनुसार ११ जनाको शव फेला परेको छ भने अन्य पहिरोमा हराइरहेकाको खोजी गर्ने कार्य भइरहेको छ।’ मृत्यु हुनेको सनाखत भइसकेको छैन।

उद्धार गरिएको पाँच जनामध्ये एकजनालाई हेलिकप्टरबाट उद्धार गरि काठमाडौं स्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ भने चार जनाको जिल्लाको चौतारामा उपचार भईरहेको बताएको छ ।

पहिरोमा पुरिएकाको सेना, प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेका छन् ।