स्कुटरमा हिडिरहेकी महिलाको नगद तथा ब्याग लुटपाट

everest kitchen
fille photo

कास्की । पोखरा महानगरपालिका-७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका-१५ नयागाउँ सेन्टमेरिज चोक बस्ने ३४ वर्षीया सिता गिरीको साथबाट नगद १ लाख २७ हजार सहित उनले बोकेको ब्याग बिहीबार साँझ लुटपाट भएको छ ।

Advertise
Add
advertise

सोही महानगरपालिका-९ शिव टोलतर्फ ग.१३ प ७३२४ नम्बरको स्कुटरमा जाँदै गरेको गिरीलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त नगद तथा ब्याग लुटी फरार भएको बताइएको छ ।

घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।