काठमाडौं उपत्यकामा आजदेखि यी क्रियाकलापमा रोक

everest kitchen

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले केही प्रमुख क्रियाकलापमा रोक लगाएका छन्।

शुक्रबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० बुँदे आदेश जारी गरेको छ। बैठकले शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुने निर्णय गरेको छ । साथै उक्त आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही गर्ने उल्लेख गरिएको छ ।

Advertise
Add
advertise

उपत्यकामा यस्ता छन् रोक लगाएका गतिविधिहरु:

— खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन , भीडभाड गर्न , सभा जुलुस गर्न ,

— भीडभाड हुने गतिविधि जस्तै जावा , महोत्सव संचालन गर्न ,

— दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु

— उद्योग व्यापार / व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु ,

— चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु ,

— शैक्षिक संस्थाहरु संचालन गर्न ,

— सबै प्रकारका सभा , गोष्ठी , तालिम सेमिनार , सिनेमा हल , पार्टी प्यालेस , मनोरजन स्थल , शैलून , ब्यूटी पार्लर , स्पा , स्वीमिा पुल , जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति , पुस्तकालय , संग्रहालय , चिडियाखाना संचालन गर्न ,

— फुटपाथ , खुल्ला ठाउँ र ठेला गाढा / साइकलमा संचालन हुने विभिन्न व्यवसाय , कवाडी संकलन गर्न ,

— उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत अमिक / कामदारको ओसार पसार गर्न ,

— टेक वे बाहेक होटल / रेष्टुरों सञ्चालन गर्न । . .