अर्घाखाँचीका नेकपा र काङ्ग्रेसका २० कार्यकर्ता जसपामा प्रवेश

everest kitchen

राहुुल उदास 

काठमाडौ । अर्घाखाँचीमा जनता समाजबादी पार्टी नेपाल (जसपा)ले संगठन विस्तार गरेकाे छ ।

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा वडास्तरीय समिति गठन गरिएको छ । नगरपालिकाको वडा नं ६ मा तुलसा फुङजाली मगरको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको जसपा अर्घाखाँचीले जनाएको छ ।

Advertise
Add
advertise

पार्टीको जिल्ला समन्वय समितिको आयोजना र जिल्ला उपाध्यक्ष टुकबहादुर चेवालीमगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको अवसरमा नेपाली कांग्रेस र नेकपाका २० जना जसपामा प्रवेश गरेको बताएको छ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका नेता टोपबहादुर बलालमगर थिए भने जिल्ला समन्वय समिति सचिव जेबी दर्लामीको सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बलालमगरले पार्टीको राजनीतिक र वैचारिक रुपमा आफ्ना भनाइ राखेका थिए ।