प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीविच टेलिफोन

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै प्रधानमन्त्री ओली र मोदीविच अन्य द्धिपक्षीय विषयमा पनि कुराकानी गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए ।

Advertise
Add
advertise

उक्त सम्वाद बारे थप जानकारी परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ट्विटरबाट जानकारी दिएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो ।