जुगल लुदि पहिरो : १६ जनाको शव फेला, २३ अझै बेपत्ता

everest kitchen


काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल-२ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।

उक्त पहिरोमा परि ३९ जना पुरिएका थिए। हिजोसम्म ३८ जना पुरिएको थाहा भएपनि एकजनाको नाम छुटेकोले एक जना थपिदा ३९ जना बेपत्ता भएकामध्ये १६ जनाको शव फेला परेको र पाँच जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।

Advertise
Add
advertise

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।

उद्धार गरिएको पाँच जनामध्ये एकजनालाई हेलिकप्टरबाट उद्धार गरि काठमाडौं स्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ भने चार जनाको जिल्लाको चौतारामा उपचार भईरहेको बताएको छ ।

पहिरोमा पुरिएकाको सेना, प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेका छन् ।