क्वारेन्टाइन,आईसोलेसन अवज्ञा गर्दा ५ महिना जेल र १२ हजार रिङ्गेट जरिवाना

everest kitchen
photo : penangfoodie

क्वालालम्पुर । मलेसियामा एकजना रेष्टुरेन्ट सञ्चालकलाई त्यहाँको एक अदालतले सुधारिएको आवागमन नियन्त्रण आदेशको पालना नगरी कोरोना सल्काएको भन्दै दोषी ठहर गरि ५ महिना जेल सजाय र १२ हजार मलेसियन रिङ्गेट जरिवाना गरेको छ ।

स्थानीय पत्रिका “द स्टार” का अनुसार सिभगंगा क्षेत्र लगायत अन्य तीन क्षेत्रमा कोरोना फैलावटमा सहयोग गरेको भन्दै मलेसियाको “नासी कान्दार” नामक रेष्टुरेन्टका मालिक नेजार मोहम्मद सबुर बटकालाइ उक्त सजाय सुनाएको हो ।

Advertise
Add
advertise

समाचार अनुसार नेजार गत जुलाई १३ मा कोरोना प्रभावित भारतको तामिनाडु राज्यबाट मलेसिया फर्केका थिए । मलेसिया फर्केपछि नेजारले सरकारले तोकेको सुधारिएको आवागमन नियन्त्रण आदेशको नियम अन्तर्गत होम आईसोलेसन तथा क्वारेन्टाइनको पालना र सामाजिक दुरि कायम नगरी हिडडुल गरेकोमा दोषी ठहर गरेको हो ।

मलेसियाले कोरोना नियन्त्रण तथा रोकथामकाे लागि सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसिओ)
लागु गरेको छ । उक्त नियम उलङघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिदै कारबाही गर्ने गर्दै आएको छ ।