निषेधज्ञामा पनि ताल डान्स हाउसको सातौं बार्षिक उत्सव 

everest kitchen

काठमाडौं । बिगत सात बर्ष देखि उदयपुरको सदरमुकाम गाईघाटमा संचालनमा रहेको ताल डान्स हाउसले आफ्नो स्थापनाको सातौं बर्ष पुरा गरेको अबसरमा बार्षिक उत्सव मनाउने भएको छ ।

कोरोनाको संक्रमण न्युनिकरणको लागि त्रियुगा नगरपालीकाले निशेधआज्ञ जारी गरेको छ । यस कारण ताल डान्स हाउसको टिम तथा प्रशिक्षार्थीहरुसंग भर्चुअल मिटिङ गरि सातौं बार्षिक उत्सवको शुभकामना आदान प्रदान गरि मनाउने तयारी रहेको ताल डान्स हाउसका संस्थापक तथा प्रशिक्षक मिथुन ठाकुरले बताए ।

Advertise
Add
advertise

ताल डान्स हाउसले सडक बालबालिका देखि नृत्य कलालाई मनपराउने गृहणीहरु दुई हजार भन्दा बढिलाई प्रशिक्षण गराई सकेको छ । जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा पनि सहभागी भै सफलता प्राप्त गरेकोले थप उर्जा प्राप्त भएको छ । कोरोनाको संक्रामण नियन्त्रण भएसंगै ताल डान्स हाउसको शाखा इनरुवामा पनि खोल्ने तयारी रहेको संस्थापक ठाकुरले जानकारी गराए ।

पग्रामिण भेगका कलालाई प्रोत्साहन गर्ने मुल उद्देश ले (DAD) नृत्य, उद्घोषण र चित्रकला तीन बिधाको एउटा प्याकेज बनाएको र प्रत्येक गाउँपालिकाहरुसंग समान्वय गरि ग्रामिण भेगका शिक्षक शिक्षिका, युवाक्लब र बालक्लबका सदस्यहरुलाई २१ दिने प्रशिक्षण कार्यक्रम संचालन तयारीमा रहेको पनि ठाकुरले बताए ।

ताल डान्स हाउसले हरेक कदममा साथ सहयोग गर्ने सबै प्रति धन्यबाद दिए ।