कलाकार रुद्र पाहिमको नयाँ कामको सुरुवात

everest kitchen

काठमाडौं । लिम्बूवानका कलाकार रुद्र पाहिम चलचित्र तथा निर्माणमा अग्रसर हुन आएका छन् । उनी युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका हुन ।

तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा निर्माण क्षेत्रमा आएका रुद्रले ‘भगवान रैछन् पूर्खाहरु’ गीतको म्युजिक भिडियो युटुवमा सार्वजनिक गरेका छन् ।

Advertise
Add
advertise

राजेश पायल राईद्वारा स्वरवद्ध गीत कौशिला राई पाहिमले रचना गरेकी हुन् । गीतमा रोशन वान्तवाको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा रुद्र पाहिम, कौशिला राई पाहिम, योङकोङ पाहिम, नाङ्जम पाहिम, अर्चना राईले अभिनय गरेका छन् ।

भिडियोमा परिवारका बुबाआमा, दाजु तथा सासुससुरालाई देखाएका उनले पूर्खाहरुको सम्मान गर्नुपर्ने भावले भिडियोमा बाबुअाआमालाई समेटेको बताएका छन् ।

रुमन थापाको छायांकन÷सम्पादन, रुपा मानन्धर र ममता राईको श्रृङ्गार, र प्रदिप थापाको निर्देशनमा भिडियो तयार भएको हो ।