कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

everest kitchen
photo file

बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद  २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ बस्ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मान बहादुर गुरुङ, सर्लाही बागमती नगरपालिका-१ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका-८ बस्ने ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय बिनोद प्रसाद यादव, सल्यान बढीमालिका नगरपालिका-८ बस्ने ३२ वर्षीय भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ बस्ने २५ वर्षीय पदम नेवार रहेका छन् ।

Advertise
Add
advertise

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठाबाट उक्त नगद र कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।