विभिन्न स्थानमा लाखौंको चोरी, बुद्ध मुर्ति चोरी गर्ने व्यक्ति मुर्तिसहित पक्राउ

everest kitchen
photo :file

काठमाडौं । काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको थियोे । उक्त चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मूर्तिसहित फेला पारी लामालाई पक्राउ गरेको हो ।

Advertise
Add
advertise

यस्तै , काठमाडौं महानगरपालिका-४ महाराजगंज गणेशबस्तीस्थित चाइनिज नागरिक काओसफिङ पिङको सिचुउनेहे हाईड्रोलिक तथा हाइड्रोलेक्ट्रिक कम्पनी लिमिटेड बाट विभिन्न कम्पनीका ६ थान ल्यापटप र १ थान हार्ड
डिस्क शुक्रबार राति चोरी भएको छ ।

त्यस्तै , क्षिरेश्वरनाथ नगरपालिका-५ नयाँबजारस्थित अष्टबक्र इङ्लिस बोर्डिङ स्कुलबाट विभिन्न कम्पनीका २ थान ल्यापटप, ५ थान मोनिटर, ६ थान सिपियु, ३ थान
प्रोजेक्टर , ११ थान पंखा, २ थान साउण्ड सिस्टम र १८ थान कपडाको पर्दाहरु गरी करिब ६ लाख रुपैयाँ मूल्य बराबरको सामान शुक्रबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।