प्रदेश प्रहरी प्रमुख तथा मातहत प्रहरी कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर

everest kitchen


दाङ । ५ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक तथा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटा जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी स्कूल दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुबीच प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

Advertise
Add
advertise

सो अवसरमा प्रहरी नायव महानिरीक्षक धानुकले कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयनका लागि लगनशीलता र प्रतिवद्धताकासाथ क्रियाशील भई लक्ष्य पूरा गर्न निर्देशन दिएका थिए । शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण र समुदाय केन्द्रीत प्रहरी कार्यहरूलाई मुख्य प्राथमिकता दिन उनले जोड दिएका थिए ।

विपद् व्यवस्थापनको लागि उद्दार सामग्रीसहित जनशक्तिलाई तयारी हालतमा राख्न तथा कोभिड-१९ महामारीको अवस्थामा कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउन प्रहरी अधिकृतहरूलाई प्रहरी नायव महानिरीक्षक धानुकले निर्देशन समेत दिएको बताएको छ ।