बिहे गर्छु भनी एक नेपाली युवतीबाट  ४८ लाखबढी रकम ठगी

everest kitchen
photo file

काठमाडौं । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१  “रिपब्लिक डे अङ्गोला”का नागरिक ४८ वर्षीय  “सिल्भा एन्टोनिओ डा कोस्टा” लाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

एक  युवतीले प्रयोग गर्ने सामाजिक सन्जाल इन्स्टाग्राममा कोस्टाले आफूलाई “मार्के आरोन” नामले चिनाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको , नेपाल आएर तपाईलाई विवाह गर्छु भनी नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको भन्दै प्रलोभनमा पारेको बताएको छ ।

Advertise
Add
advertise

कोस्टाले ती युवतीलाई सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक पर्‍यो भनेर पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिई ठगी गरेको खुल्न आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटीएम कार्डहरू, पाउडरको वट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकलहरू, टेप, पेपर कटर लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको थियो । कोस्टा २०७६ फागुन २४ गते  नेपाल आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।