कोरोना प्रकोप : आज मलेसियामा १७ जना निकाे हुदा १२ जना नयाँ बिरामी थपिए

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २१२ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा १७ जना डिस्चार्ज भएपछि ८ हजार ८७६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २११ मा सक्रिय संक्रमण रहेको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ७ लाख ७३ हजार २७९ रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड १८ लाख ४२ हजार ७८२ रहेकाे छ । १ करोड ४५ लाख ७० हजार ३४७ जनाले स्वास्थ्य लाभ गरेका छन ।