कुटपिटबाट ७० वर्षीय वृद्धको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

कपिलवस्तु । मायादेवी गाउँपालिका-८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ ।

घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertise
Add
advertise

उक्त स्थानमा नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुलरीबिजुवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा हरिरामको बाटोमै मृत्यु भएको थियो ।

अन्य २ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।