कोरोना : नेपालमा गएको २४ घण्टामा ५ सय ८१ जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५ सय ८१ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप ५ सय ८१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २७ हजार २४१ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ९ हजार ६३९ रहेको छ ।

Advertise
Add
advertise

यस्तै सोमबार १६० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ४९५ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १०७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । सोमबार थप ३ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।