काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जन कोरोना संक्रमित थपिए

everest kitchen

काठमाडौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जन कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

Advertise
Add
advertise

नयाँ संक्रमितमा काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लोपटक काठमाडौं लगायत उपत्यकामा तिब्रगतिमा कोरोना संक्रमण फैलिएको अध्यावधिक विवरणले देखाउने गरेको छ ।