लिदि पहिरो पीडितलाई तामाङ घेदुङ मलेसियाको १ लाखबढी आर्थिक सहयोग

everest kitchen


काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउपालिकाको लिदि पहिरो पिडित परिवार लाई आपतकालिनका लागी नेपाल तामाङ घेदुङ मलेसिया सहयोग गरेको छ ।

घेदुङ मलेसियाले पहिरो पीडितका एक लाख ४ हजार रुपैयाँ नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ मार्फत घेदुङका सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरेको हो ।

Add
advertise
Advertise

चुच्चेपाटि स्थित घेदुङको केन्द्रीय कार्यालय अन्तराष्ट्रिय तामाङ परिषदका बरिस्ठ उपाध्यक्ष टासी लामा, सचिव रोविन लामा थिङ, महासचिब बाबू घिसिङ केन्द्रिय सदस्य सरोज मोहन तामाङ र युवा घेदुङ्का अध्यक्ष बिलम तामाङ को उपस्थितिमा रकम हस्तान्तरण गरिएको बताएको छ ।

गएको साउन ३० गते शुक्रबार बिहान सिन्धुपाल्चोक जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरो जादा दर्जनौ घर ३९ जना बेपत्ता, दर्जनौ घाईते भएका थिए ।

पहिरोमा बेपत्तामध्ये सोमबार बिहानसम्म २२ जनाको शव फेला परेपनि अन्य अझै बेपत्ता रहेका छन् । पहिरोमा करोडौं धनमालको क्षेति पुगेको अनुमान गरिएको छ ।