चार्टर उडान स्थगन, अब स्वदेश फर्किदा दैनिक ३ देखि १० हजारसम्म क्वारेन्टाइन खर्च लाग्ने

everest kitchen
photo file

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेको छ ।

सरकारको “कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गरेको हो ।

Advertise
Add
advertise

नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम रहेको र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्थापन पुरा नभएको भन्दै सरकारले चार्टर उडान अर्को सुचना नभएको सम्मको लागि स्थगित गरेको बताएको छ ।

सरकारको यस्तो निर्णय पछि मलेसिया लगायत खाडीबाट नेपाल आउन तयारी अवस्थामा रहेका अलपत्र समस्या परेका नेपाली झन मर्कामा परेका छन् । मलेसियाबाट यही अगष्ट १९, २० र २१ मा तय भएका सम्पूर्ण चार्टर्ड उडान रद भएका छन् भने अन्य देशबाट तय भएका उडानहरु पनि रद्द भएका छन् ।

त्यस्तै अबदेखि विदेशबाट नेपाल आउने नेपालीले दैनिक ३ हजारदेखि १० हजारसम्म होटल क्वारेन्टाइन खर्चको भार पनि उठाउनुपर्ने छ । करिब ७ सात दिन काठमाडौं उपत्यकामा सरकारले तोकेको होटल क्वारेन्टाइन बस्दा २१ हजार देखि ७० हजारबढी रुपैया खर्च भार विदेशबाट फर्किने नेपालीले बोक्नुपर्ने छ ।

होटल एसोसिएसन नेपालले तयार पारेको क्वारेन्टाइन खर्च लिस्ट