म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्ग सहित ९ जना पक्राउ

everest kitchen

काठमाडौ । मोङ्गोल होप नामक युटुव च्यानलबाट सार्वजनिक भएको एउटा य्राप गीतमा नेपालको राष्ट्रिय झन्डा जलाउने ९ जना पक्राउ परेका छन् ।

नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निजहरू उपर कानुन बमोजिम कारबाही गरिने कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Advertise
Add
advertise

गएको भदौ एकमा मोङ्गोल होप नामक युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा ग्याल्जोम दोर्जे तामाङ्ग र उनका साथिहरुले राष्ट्रिय झण्डा जलाएको दृश्य सार्वजनिक भएको थियो ।

उक्त कार्य प्रति व्यापक विरोध भएसंगै प्रहरीले उक्त कार्यमा संलग्नहरुलाई पक्राउ गरि कारबाही अगाडि बढाउन लागेको हो ।