बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिकको घरघरमा सहयोगी नेपाल

everest kitchen

काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिक, बालबालिकाको घरघरमा पुगेर सहयोगी नेपाल नामक संस्थाले सहयोग गरेको छ ।

प्रत्येक शनिवार गरिदै आएको उक्त कार्यक्रम आज बुधबार गरिएको हो । संस्थाले  ललितपुरको भैसेपाटि आसपासका दैनिक मजदुरी गर्ने परिवारका बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई  पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

banner ad
advertise
Add
advertise

सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकालका अनुसार ३७ जना बालबालिका, ३६ जना शिशुका आमाहरु र २३ जना जेष्ठ नागरिकलाई घरघरमा पुगेर संस्थाले सहयोग गरेको हो । कोरोना प्रकोप र सरकारको नियमको पालन गर्दै सहयोग हस्तान्तरण गरिएको उनलेे बताए ।

यस्तै संस्थाले बालबालिकालाई कापी, कलम, खेलौना, पुस्तकहरू, सेरलेक्स, अण्डा, साबुन र १५ केजी चामल, नागरिक र आमाहरुलाइ हर्लेक्स, अण्डा, चामल, साबुन, ओखर र काजू वितरण गरिएको संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद ओझाले बताए । उनका अनुसार बुवाको मुख हेर्ने दिन विशेष भएकोले मिठाइ समेत वितरण गरिएको थियो ।

संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका बालबालिका र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गर्दै आएको छ ।