ग्याल्जेन भाइ, यो देशमा बाहुन बाहुन भएर जिउन पाउन, म तामाङ स्वतन्त्र हुन पाउ

everest kitchen

वाङजु वाईबा तामाङ (वाङजु सरकार )

ग्याल्जेन भाइ
लगभग ४/५ वर्ष पहिला देखि नै फेसबुकमा जोडिएको थियौ । हामि पहिचानको ओकालत गर्दै ताम्सालिङको माग गरिरहदा भाइहरु कमेन्टमा उडाउथ्यौ । हाम्रो भन्नु यो थियो, यहि देशमा बाहुन बाहुन भएर जिउन पाउन । बाहुन जनै भिर्दै स्वतन्त्र हिडे जस्तै म तामाङ मेरै मौलिक पहिचानमा हिड्न पाउ ।

हामी कुनै जातिलाइ निषेधको राजनितिमा थिएनौ । जसरि राज्यले तामाङलाइ सरकारि सयन्त्रले निषेधको व्यवहार गरेको थियो । हामी समान सहभागिता र समता मुलक समाजको परिकल्पना उभियौ । तर भाइहरु बाहुन क्षेत्री यो देशका शरनार्थि र देशैबाट लखेट्नु पर्छ भन्ने गैरन्यायिक तर्कमा अडियौ । यहि क्रममा हामी बिच भनाभन सम्म भयो र भाइले ब्लक समेत गरेर गएछ । फेरि केहि महिना पछि ब्लक खोलेछ ।

banner ad
advertise
Add
advertise

हो हामी दमनमा परेको हो तर दमन गर्नेलाइ निषेध गरेर सत्ता सामु उभिन उहिलेको युग फर्किनु पर्छ जुन बेला राज्य हडप्न पाइन्थ्यो अहिलेको माहोल यो होइन । यहा बैचारिक बिमर्ष र सामुदायिक न्यायलयको प्रयोगबाट मात्रै सत्तामा उभिन सकिन्छ । यदि हामी पनि दमनमा नै उत्र्यौ भने भोलि हामि बिरुद्ध पनि आन्दोलन हुन्छ । हामि यो संसार जोगाउने आदिवासि हौ । कसैलाइ लडाएर आफ्नो स्वार्थ पुर्ति गर्ने भित्र पर्दैनौ । हामि हाम्रो अधिकारको लागि लडने हो । चीनको जनताको उदाहरण दिदै आफैलाइ कमजोर बनाउनु गलत हो । हामी दबाउन होइन जोगाउन, मार्न होइन बाँच्न उभिएको हौ । आदिवासि दर्शनले आफ्नो स्वार्थको लागि युद्ध गर्दैन । तर आफु बाँच्नको लागि युद्ध भए सामना गर्न भने पछि पर्दैन । त्यसैले निषेधको राजनिति छोडेर एकता बद्ध आन्दोलनमा आउन मङ्गोल मित्रहरुलाइ मनैबाट अनुरोध गर्छु ।

यो देश हाम्रो पनि हो । हामीले नि निस्फिक्री जिउन पाउनु पर्छ । झन्डामा बिमति राखौ भाषामा बिमति राखौ । धैर्य गरौ । सडकमा बालौला यदि दमनमा राज्य उत्रिन्छ भने, हामी आफै पनि बालौला ठुलो कुरो भएन तर कुनै एक जत्थाको प्रयोगमा पर्नु गलत हो । भाइ तिमि तामाङ म नि तामाङ नै हु । तिम्लाइ जस्तै पिडाबोध मलाइ पनि हुन्छ । यहि राज्यले दबाएको हामी एकै परिवारको सन्तान किन अलग अलग पक्रिन्छौ ? म सडकमा पक्राउ पर्छु । करङ बाँच्नेगरि कुटछ । मलाइ दुख्दैन किनकि म संग बिद्रोहि चेतना छ जसरि तिम्रो बिद्रोहि चेतनाले तिमिलाइ आज जेल पुर्यायो । यसरि नै अलग अलग लडेर हामी किन शक्ति खेर फाल्छौ ? तिमिले खोजेको नि स्वतन्त्रता सहितको समता मैले खोजेको उहि मात्रै नाम अलग तिमि ताम्सालिङ स्विकार्दैनौ । म बाहुन क्षेत्रीलाइ लखेटौ भन्ने नारा स्विकार्दिन । यो निशेधको राजनितिहरु छोडेर राज्य संग मिलेर पैठेजोरी खेलौ । जहा हामि नि स्वतन्त्र सास फेर्न सकौ ।

भाइ
आज तिमिलाइ तिम्रो संगठनले उछृङ्खल समुह भनेर तिम्रो बिद्रोहि चेतनालाइ नै बदनाम गर्यो । त्यो बिद्रोह जन्माउने यहि संगठन थियो तर आज राज्य संग लड्न हात कमायो । तिमि र मेरो मुक्ति त त्यहा लागेर पनि नहुदा रहेछ । अब निस्कौ न समाबेशिताको पक्षमा उभिदै बिद्रोहमा जहा तिमि संगै बाहुन बाजेले पनि ताम्सालिङ जिन्दाबाद भन्ने बाटो रहोस । क्षेत्री बाजेले पनि ताम्सालिङमा मन्त्री बन्दै तामाङहरुमा स्वतन्त्र जिउन सिकाउन् । राज्य जातिबादि भयो हामि जातिबादि भयौ भने राज्य र हामीमा के फरक हुन्छ र ?

त्यसैले भाइ
हाम्रो मुद्धा लड्दै गर्दा अरु माथि अन्याय नहोस । झन्डा जलाउला पछि यदि राज्यले सुनिएन भने तर एक माग राखि हेरौ । एक खेप सबै जागि हेरौ । तिमिलाइ पर्दा को आउछ ? आज यति लाख धरौटि तिर्नु पर्छ रे भन तिम्रो साथ दिनेहरु टाप कस्छन । तिमिलाइ साथ दिने कोहि रहन्न । त्यसैले हामी न्यायिक लडाइ लड्नु छ । बरु ज्यानै फालौला एकदिन तर हामि मरेसि हाम्रो मुद्धा सफल हुने ठाउमा फालौ न । तिमि जेल पर्यो तिम्रो मुद्धा नै गलत मानि रहेको छ । तर पिडा एकै हो । दमन एकै हो । तिमि छिटो ब्युझियौ अरु ब्युझिन सकेनन । तिमी तातै खौ तातै मरौ भयौ र आज यस्तो भयो ।

अन्त्यमा
कानुनिक रुपमा हेर्दा भाइ गलत भए पनि सत्ताको चस्मा निकालेर दमनको पिडा हेरि भन्नु पर्दा यो मात्रै शुरुवात हो । यसरि नै एकल शाषन पद्धति चलिरहने हो भने कयौ ग्याल्जेनहरु जन्मिन सकिन्छ । यसमा राज्य पनि सजक भएको राम्रो हुन्छ ।

थुजेसे