किरात राई यायाेक्खा मलेसियाद्वारा घाइते बिकलाई आर्थिक सहयाेग

everest kitchen

 

मलेसिया । राईहरूकाे संस्था किरात राई यायाेक्खा मलेसियाले नेपालमा आर्थिक अभाव खेपिरहेका घाईते डाकमान बिकलाई आर्थिक सहयाेग गरेकाे छ ।

उदयपुर जिल्ला चाैदण्डि नगरपालिका – ४ निवासि डाकमान बिक भारतमा कार्यरत रहेकाेमा दुर्घटनामा परि घाईते भएपछि नेपाल आएर उपचार गरिरहेका थिए । तर, आर्थिक अभाव भएपछि अस्पतालमा उपचार पनि गर्न नसक्ने अवस्थामा पुगेपछि उनकाे परिवार, शुभचिन्तकहरूले आर्थिक सहयाेग अभियान चलाईरहेका छन् ।

banner ad
advertise
Add
advertise

अभियान्ता तथा किरात राई यायाेक्खा मलेसियाका पुर्व सदस्य सन्ताेष राईकाे अनुराेध पछि किरात राई यायाेक्खाले मानवीय सहयाेग स्वरूप मलेसियाबाट २८ हजार १७७ रुपैयाँ आर्थिक सहयाेग गरेकाे संस्थाले जानकारी दिएको छ ।