महोत्तरीमा कोरोना प्रकोपका बाबजुद पनि निवार्द मदिरा सेवन र बिक्रीवितरण हुदा समस्या उत्पन्न

everest kitchen
कोरोना प्रभावित क्षेत्र होत्तरीको बर्दिवास स्थित खुलम खुला लागेको हाट बजार। जहाँ मदिरा लगायत बिक्री गर्न राखिन्छ ..। 

सुरेन्द्र महतो

महोत्तरी । महोत्तरीका अधिकांश क्षेत्रमा व्यापक रुपमा मदिरा बिक्रीवितरण तथा सेवन गर्ने बढेपछि झैझगडा तथा समाजमा सहजता पैदा भएको महशुस स्थानीयले गरेका छन् । दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण समाजमा झैझगडा जस्ता समस्या उत्पन्न हुने गरेको हो ।

कोरोना प्रकोपको समयमा कतिपय स्थानमा निषेधाज्ञा जारी भएपनि उक्त नियम पालना नगर्ने गरेका कारण संक्रमणको जोखिम बढ्दै गएको स्थानीयले बताए । बर्दीबास नगरपालिकास्थित प्रमुख बजारका रूपमा रहेका हनुमानचौक बजार, पथलैया बजार, बिजलपुरा बजार, कृषिबजार प्रेमनगर र भंगहा नगरपालिकास्थित सितापुर बजारमा यसरी खुलेआम मदिरा बिक्रीवितरण हुने गरेको स्थानीय बताउँछन्‌। स्थानीयका अनुसार निर्वाद मदिरा बेचबिखन र सेवनले समाज र घरमा कलह बढेको छ । यसलाई नियमन र नियन्त्रणमा सम्बन्धित निकायले कडाइ गर्न स्थानीयले आग्रह गर्दै आएको बताएको छ ।

banner ad
advertise
Add
advertise

स्थानीय प्रहरी प्रशासनले केहि चासो नदिँदा मदिरा बिक्रीवितरण तथा सेवन गर्नेको मनोबल बढ्दै गएको बर्दीबास नगरपालिकाका स्थानीय अगुवा भीमबहादुर आले मगरले बताए। मदिराकै कारण हरेक गाँउमा झगडा हुने गरेकाले तत्काल मदिरा नियन्त्रणका लागि पहल गर्नुपर्ने उनले बताए।

प्रशासनिक प्रतिबन्धकै बीच लुकाइछिपाइ होटल, व्यवसायी, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनसमेत गरेको पाइएपनि प्रहरी प्रशासनले कुनै कारबाही गरेको छैन।​

अनुगमन तीव्र बनाउँछौं : नगर प्रमुख कार्की 

बर्दीबास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीले अबको केही दिनमै मदिरा बेचबिखन गर्न नदिन कडा अनुगमन गर्ने बताएका छन्‌। उनले भने, ‘यसअघि हामीले बारम्बार व्यवसायीहरूलाई मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेका थियौं, अब अनुगमनलाई थप व्यवस्थित गर्दै कडाइका साथ अघि बढ्छौँ र नगरपालिकामा मदिरा नियन्त्रण गरिछाड्छौं।’ उनले कोरोना भाइरसले गर्दा सोचे अनुरूप अनुगमन गर्न नसकिएको बताए।

हरेक बजारमा मदिरा पसल खुला 

नगरपालिकाभित्र लाग्ने हरेक हाट–बजारमा खुला मदिरा बिक्रीवितरण भएपनि स्थानीय प्रहरी प्रशासनले यसमा ध्यान दिएको छैन। जहाँ पायो त्यहीँ मदिरा बिक्रीवितरण गरेको पाइएपनि नगरपालिकाले पनि खासै ध्यान दिएको छैन। बजारमा खुला मदिरा बोतलमा राखेर बेच्ने गरेको पाइन्छ। घरमा उत्पादन गरि बजारमा ल्याई बेच्ने र आफैँले बनाएको मदिराले कुनै किसिमको नकारात्मक असर नगर्ने एक मदिरा बेच्ने महिलाले बताइन्।

मदिरामुक्त  प्रदेश बनाउने घोषणा अलपत्र

​२०७६ फागुनमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई खुला रक्सीमुक्त बनाउने घोषणा गरेका थिए। पहिलो चरणमा जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने र पछि क्रमशः प्रदेशलाई नै खुल्ला मदिरामुक्त गरिने उनको भनाई थियो।

मुख्यमन्त्रीले यस्तो योजना सार्वजनिक गरेको दिएको तीन साता नबित्दै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया र जनकपुरधाममै विषाक्त मदिरा सेवनका कारण २० जनाभन्दा धेरैको मृत्यु भएको थियो। त्यस्तै, पछिल्लो पटक महोत्तरीमा दर्जनौं व्यक्तिको खुला मदिरा सेवनकै कारण मृत्यु भएको थियो।

‘मान्छेको मृत्यु भएपछि मात्रै बहस गर्नु र मुद्दा उठाउनु बिडम्बना हो,’ प्रदेश–२ का प्रदेशसभा सांसद शारदादेवी थापा भन्छिन्, ‛हामीले रक्सीमुक्त प्रदेश हुनुपर्छ भनेर जोडदार रुपमै माग उठाएका छौं, तर सुनुवाई नभएको अवस्था छ।’