सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छः प्रधानमन्त्री

everest kitchen
photo file

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन ।

यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएकोले यसप्रति आफू गम्भीर भएको उनले प्रस्ट पारे । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले सवारी नम्बर प्लेटमा नेपाली भाषाको स्थानमा अङ्ग्रेजी भाषाको प्रयोग गर्नुपर्ने कुनै जरुरी नभएको भन्दै यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अङ्ग्रेजी भाषाको प्रयोग हुन लागेको भएमा रोक्ने विश्वास दिलाएको बताएको छ ।

banner ad
advertise
Add
advertise

प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने अवगत गराएका थिए । नेपाल सरकारको निर्णयानुसार २०७५ भदौ ४ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएकामा सोविरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ ।

नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रष्ट उल्लेख गरिएको छ । हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको पनि कुलपति उप्रेतीले स्पष्ट पारेका थिए ।

कतिपय शहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेको अवस्थामा सवारी साधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकले सहजै न्याय नपाउने सम्भावना बढी हुने प्रज्ञा–प्रतिष्ठानको धारणा रहेको छ ।

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा उहाँको जन्मघरमा स्थापना हुने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्ताव चाँडै ल्याउन कुलपतिलाई आग्रह गरेका बताएको छ ।

अर्थमन्त्री युवराज खतिवडाको समेत उपस्थिति रहेको सो भेटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने आश्वासन दिएको प्रतिष्ठानले उल्लेख गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति श्री गङ्गाप्रसाद उप्रेतीलेले प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री केपी शर्मा ओलीसमक्ष ‘हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको समेत प्रयोग सम्बन्धमा’ एक पत्र बुझाएको थियोे ।