रौतहटको एक हनुमान मन्दिरका पुजारी लाई गोलि हानी हत्या

everest kitchen

सुरेन्द्र महतो

काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ ।

अज्ञात व्यक्तिको समुहले मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई गोली हानी फरार भएको प्रहरीले जनाएको छ । अज्ञात समूहको गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।

banner ad
advertise
Add
advertise

गोली प्रहार गर्ने समुहको पहिचान नभएको र उनिहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताए । साथै गोली कस्ले र किन चलाएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

शव पोष्टमार्टमको लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।