निषेधाज्ञामा सोधपुछ गर्दा प्रहरीमाथि हातपात

everest kitchen


ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

banner ad
advertise
Add
advertise

महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एकाक्सी प्रहरीलाई हातपात गरे पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बि एण्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस घटना  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।