चार्टर उडान सुचारु हुने, अनिवार्य होटल क्वारेन्टाइन बस्दा मझौला होटलमा पनि बस्न मिल्ने

everest kitchen


काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेकोमा पुनः सुचारु गर्ने तयारी गरेको छ ।

नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम रहेको र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्थापन पुरा नभएको भन्दै सरकारले चार्टर उडान रोकेको छ । सरकारले होटल क्वारेन्टाइन तयारी गरेको र लगत्तै चार्टर उडान सुचारु गरिने बताएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न तारे होटल देखि मझौला साना होटलहरुलाई पनि क्वारेन्टाइन तोकेको छ । यसअघि पर्यटन स्तरका होटल देखि पाँच तारे होटललाई मात्रै क्वारेन्टाइन तोकेकोमा साना होटललाइ पनि क्वारेन्टाइन तोकेको हो ।

अबदेखि विदेशबाट नेपाल आउने नेपालीले दैनिक कम्तिमा १५ सयदेखि ९ हजारसम्म होटल क्वारेन्टाइन खर्चको भार पनि उठाउनुपर्ने छ । करिब ७ सात दिन काठमाडौं उपत्यकामा सरकारले तोकेको होटल क्वारेन्टाइन बस्नुपर्ने छ भने कोरोना परिक्षण नेगेटिभ आएपछि सम्बन्धित जिल्लाका स्थानीयतहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

काठमाडौं जिल्ला प्रशासनले तयार पारेको हो क्वारेन्टाइन लिस्ट र दर रेट                                       

होटल क्वारेन्टाइन लिस्ट हेर्न  किलिक