निर्देशक टेकेन्द्र शाहको ” फुल जस्तो जोवन” सार्बजनिक (भिडियो)

everest kitchen

समीर मल्ल
काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् ।

जोशी नेपालि गीतसंगीत तथा डेउडा गीतमा निकै नै चर्चा चुलिएको नाम हो । जोशीले देउडा क्षेत्रमा अतुलनीय योगदान पुर्याएकी छन् । हरेक गित उत्तिकै चर्चित र लोक प्रिय छन् । भखरै मात्र बजारमा ”फुल जस्तो जोवन” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

banner ad
advertise
Add
advertise

गीतमा लक्ष्मी शाहको शब्द संकलन रहेको छ भने रेखा जोशी,रचना रिमाल,ओम सुनार र टेकेन्द्र शाहको सयुक्त स्वर रहेको छ । त्यस्तै ओम सुनारको संगीत संयोजन रहेको छ ।

राम कुमार केसीले छायाकन रहेको उक्त गीतको भिडियोमा गायक गायिका स्वयम देखिएका छन् । भिडियोलाई टेकेन्द्र आफैले सम्पादन गरेका हुन ।

टेकेन्द्रले गीतसंगीतको क्षेत्रमा आफुलाई अग्रसर राख्दै आएका छन् । व्यवसायीक रुपमा म्युजिक भिडियो निर्देशक, सम्पादक भएयता पनि उनी गीतसंगीतका हरेक विधामा उत्तिकै दखल राख्छन् ।