विवादकाबीच एनआरएन युएईका अध्यक्ष कोइराला निलम्बित, एनआरएन मलेसियामा पनि विवाद

everest kitchen

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई विदेशमा बस्ने नेपालीहरुको अभिभावकको रुपमा परिचय गराईदै आईएको छ । जसअनुसार विदेशमा समस्या परेका नेपालीको उद्धार कर्ता मात्रै नभई कतिपय अवस्थामा स्वदेशमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गरि देश विकास गर्न सक्ने समेतको धनी संस्थाकाे रुपमा हेरिदै आएको छ ।

त्यही संस्थामा विदेश स्थित विभिन्न देशमा पद र प्रतिस्ठाको लडाइ हुने गरेको पनि कतिपय घटना क्रमले देखाउने गरेको छ । कतिपय संस्थामा त आफुलाई समाजसेवी सावित गर्नकै लागि लाखौं खर्च गरेर संस्थाको पद ओगटने देखि संस्थाको पदको मर्यादा देखाई व्यक्तिगत लाभ लिनेहरु पनि रहेको जानकारहरु बताउँछन् । यस्तैमा सधै जस्तै विवादमा आइरहने एनआरएनए युएई र एनआरएनए मलेसिया भित्र पनि विवादले उत्कर्ष लिएको छ ।

banner ad
advertise
Add
advertise

यस्तै लामो विवादकैबिच गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालालाई नेपाल एसोसिएसन (एनए) युएईले निलम्बन गरेको छ । नेपाल एसोसिएसन (एनए) का अध्यक्ष रमेश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालालाई निलम्बन गरेको जनाएका हुन ।

यूएईमा एनआरएनए त्यहाँको कानुनअनुसार एक सामाजिक संस्थाका रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता छ । यसअघि एनआरएनए तथा एनएको नेतृत्व रमेश श्रेष्ठले गरिरहेकोमा हाल एनआरएनए यूएईको नेतृत्वमा प्रकाश कोइराला आएका थिए । यधपी विवादकैबिच एनएको नेतृत्वमा श्रेष्ठ रहेको र एनआरएनएको नेतृत्वमा कोइराला रहेका थिए ।

एनआरएन युएईका एक पदाधिकारीका अनुसार युएईमा एनआरएनए कानुनी रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता भएको छ । जसको कारण एनआरएन युएई नेपाल एसोसिएसनको अधिनमा चल्नुपर्ने हुन्छ । यधपी संस्थाको आन्तरिक नियम अनुसार एनआरएनएको अध्यक्ष नै एसोसियसनको अध्यक्ष बन्ने प्रावधान छ । तर, कोइराला एनआरएनएको नेतृत्वमा आइसकेपछि पनि श्रेष्ठले एसोसिएसनको अध्यक्षको जिम्मेवारी नछोडेपछि कोइरालाले श्रेष्ठको कार्यकालको हिसाब किताब माग्दै दुतावासमा निवेदन दिएपछि विवाद बढ्दै गएको थियो ।विवादकैबिच एनआरएनएको नेतृत्व कोइराला र एसोसिएसनको नेतृत्व श्रेष्ठले गर्दै आएका थिए ।

पछिल्लो समय काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट मेनपावरको दुबइ एजेन्टको रुपमा रहेका श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएको घटना सार्वजनिक भएको थियो । पीडित नेपालीलाई कुरा मिलाउने भन्दै एनआरएनका पदाधिकारीको अगाडिनै कुटपिट गरिएको र ती पदाधिकारीहरुले नै एजेन्ट श्याम थापालाई संरक्षण गरेको आरोप लागेको थियो ।

उक्त आरोपपछि अध्यक्ष कोईरालाले एनआरएनए क्षेत्रीय समिति दुबईका अध्यक्ष भिम मल्ल, उपाध्यक्ष निराजन खत्रि र एनसीसी सदस्य नरेश सेनलाई अनुसन्धान नसकिदासम्मको लागि निलम्बन गरेको विषयलाई लिएर नेपाल एसोसिएसन (एनए) का अध्यक्ष रमेश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै कोइरालालाई निलम्बन गरेका हुन ।

त्यस्तै विज्ञप्ति अनुसार “एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उल्लघंन गरेको, लेटरहेड र आधकारिक सोसल मिडियाबाट सूचनाहरु प्रकाशित गर्नुपर्नेमा अनाधिकृत तरिकाले सूचना सम्पेष्ण गरेको, आाइएलओको परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको, सदस्य छनौट समितिलाई आफ्नो स्वार्थ अनुरुप व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी आरोपित गर्दै पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको लगायतका आरोप निलम्बित अध्यक्ष कोईरालालाई लगाइएको छ ।

त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियामा पनि विवाद देखिएको छ । एनआरएन मलेसिया भने युएई जस्तो वैधानिक संस्था होइन ।

एनआरएन मलेसियाको विवाद भने अध्यक्ष हरि भट्टराई, वरिष्ठ उपाध्यक्ष सुन्दर आले र पुर्व महासचिव सुनिल चालिसे बीच देखिएको हो । स्रोतका अनुसार उपाध्यक्ष सुन्दर आलेले संस्था भित्रको सुचना चुहाएर पुर्वमहासचिव सुनिल चालिसे मार्फत अध्यक्ष बिरुद्ध समाचार सम्प्रेषण गरेको आर‍ोपमा संस्था सदस्यहरुकै दबाबमा अध्यक्ष भट्टराईले आले र चालिसे बिरुद्ध साईबर अपराध अन्तर्गतको स्थानीय प्रशासनमा उजुरी दिएको बताएको छ । यधपी यस बिषयमा स्पष्ट रुपमा कोहि पनि बोलेका छैनन् ।

प्रशासनमा परेको उजुरी अनुसार चालिसे पक्राउ परेर पनि कम्पनीको जिम्मामा छुटि सकेका र आले भने अझै पनि सम्पर्क बिहिन भएको बताएको छ । उपाध्यक्ष आलेले चार दिन अघि फेसबुका एक स्टाटस लेख्दै ,”नेपाली दूतावास मलेसिया, विभिन्न संघ, सस्था, पत्रकार, वुद्दिजिवी, समाजसेवि, लगायतलाई सम्बोधन गर्दै “अध्यक्ष लागायत संघ भित्र कै ब्यक्तीहरुले आफुलाई फसाउने हेतुले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर उजुरी गरिएको र आफ्नो जीवन सुरक्षाको लागि पहल गरिदन आग्रह गरेका थिए । उक्त स्टाटस लेखेको दिन देखि आले सम्पर्क बिहिन भएका छन् ।

यस विषयमा एनआरएन मलेसियाले कुनै पनि धारणा सार्वजनिक गरेको छैन भने अध्यक्ष लगायतका पदाधिकारी पनि बोलेका छैनन् । उक्त संस्थाका एक सदस्यका अनुसार आलेलाई स्रोत उल्लेख गरेर एक अनलाइनमा संस्था भित्रको गलत समाचार आएको र समाचार बारे आलेले सफाइ नदिएको उनलेे बताए ।

मलेसियामा करिब २ दशक लामो समय रहेका आलेले बिभिन्न संस्था स्थानपना गरेका थिए । मलेसियामा एनआरएन स्थापना कालदेखि नै संस्थामा सक्रिय रहेका आले गत बर्ष उक्त संस्थाको अध्यक्षको लागि प्रमुख दाबेदार थिए । पछि आलेलाई वरिष्ठ उपाध्यक्षमा राखेर भट्टराईलाई अध्यक्ष बनाईएको थियो ।