काेराेना: विश्वभरि २ करोड ३३ लाखबढी संक्रमित, ८ लाखबढीको मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ८ हजार ६९७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर २ करोड ३३ लाख ८२ हजार ७९ मा देखिएकाे संक्रमित मध्ये १ करोड ५९ लाख ८ हजार ५२५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

banner ad
advertise
Add
advertise

काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म १ लाख ८० हजार १७५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ५८ लाख ४१ हजार ४२८ जनामा संक्रमण देखिएकाेमा ३१ लाख ४८ हजार ८० जनाले स्वास्थ्य लाभ गरेका छन ।

अमेरिका पछि धेरै मर्नेकाे सङ्ख्यामा ब्राजिल रहेको छ । ब्राजिलमा ३५ लाख ८२ हजार ६९८ जनामा संक्रमण हुदा १ लाख १४ हजार २७७ जनाले ज्यान गुमाएका छन ।

त्यस्तै विश्वकै धेरै संक्रमितमध्ये तेस्रो स्थानमा रहेको भारतमा हालसम्म ३० लाख ४४ हजार ९४० जनामा संक्रमण हुदा ५६ हजार ८४६ जनाले ज्यान गुमाएका छन् ।