काठमाडौं लगायत विभिन्न स्थानमा ४ जना मृत फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीस्थित सनफ्लावर स्कुल नजिक बस्ने तनहुँ भानु नगरपालिका-४ घर भएका ५४ वर्षीय बुद्धि प्रसाद अधिकारी आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने १९ वर्षीया मनिषा कुमारी चौधरी आफ्नै घरको पूर्वपट्टी आइतबार बिहान मृत फेला परेकी छिन् ।

banner ad
advertise
Add
advertise

यस्तै नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-८ बालुवाटोल बस्ने ४० वर्षीय अर्जुन यादव आफ्नै घर अगाडि टाउको र पिठ्यूमा चोट लागेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।

घटनामा संलग्न रहेको आशंकामा सोही स्थान बस्ने ३ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ घुसुकपुर बस्ने ४५ वर्षीय राजेन्द्र दहित आइतबार मृत अवस्थामा फेला परेका छन् ।

अन्य ३ जनासँग शनिबार सालको पात टिप्न पर्सा राष्ट्रिय निकुञ्ज भित्र गएकोमा अन्य २ जना फर्किएको र उनी घर नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले निकुञ्जको टोली र स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा दहितको शव फेला पारेको हो ।

यी घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी मुख्यालयले जनाएको छ ।