सुदुर पश्चिमली नेपाली समाजद्धारा दार्चुलाका बाढी पीडितलाई राहत वितरण

everest kitchen


कैलाली । सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानमा दार्चुलाका बाढी पिडित तथा कोभिड १९ बाट समस्या खेपि रहेका ५० घरपरिवारलाई खाद्यान्न तथा कमम्ल बितरण गरेको छ ।

दार्चुलाको बिभिन्न गाउँपालिकामा अविरल वर्षाका कारण विस्तापित भएका परिवारलाइ खाद्यान सामग्री दाल,चामल, नुन तेल ,तथा कमम्ल र बाल्टिङ बितरण हो ।

banner ad
advertise
Add
advertise

समाजले विभिन्न चरणमा उक्त सहयग गरेको हो । भाद्र ४ गते महाकाली नगरपालिका र नौगड गाउँपालिका, भाद्र ५ गते लेकम गाउँपालिका’ र भाद्र ८ गते मालिकार्जुन गाउँपालिकाका बाढि पहिरोको कारण बिस्तापित भएका परिवारलाई राहत वितरण गरिएको समाजका अध्यक्ष धन बहादुर बलायर जानकारी दिए ।

बलायरका अनुसार समाजका विभिन्न मुलुकका शाखहरु कुबेत, कतार, डेनमार्क, युरोप, भारत, मकाउ, ईजरायल अमेरिका, मलेसिया, युएई, अस्ट्रेलिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन,जापान,साउदी,अरबिया लगायतका मुलुकबाट स्थापना भएको “सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत सहयोग गर्दै आएको छ ।

साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्थानिय तहमा सक्रिय भूमिका निर्वाह गरि कार्यन्वयन गर्न सहयोग पुर्याउने पुष्प राज जोशी, धन्जय जोशी,राजेन्द्र जोशी, खेमराज जोशी, संचारकर्मी, स्थानिय जनप्रतिनिधि,लगायत सम्पुर्णलाई समाजले धन्यवाद ज्ञापन समेत गरेको प्रचार प्रसार विभाग प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।