मलेसियाको डिएमपीजे कम्पनीमा कार्यरत नेपालीहरुबाट क्यान्सर पीडितलाई सहयोग

everest kitchen

सुरेन्द्र महतो
जोहरबारु,मलेसिया । मलेसियाको क्वालालम्पुर नजिकै रहेको पेटालिङ्गजया स्थित डि.एम.पि.जे.सुरक्षागार्ड कम्पनीमा कार्यरत नेपालीहरुद्वारा क्यान्सर पीडित एक बालकलाई आर्थिक सहयोग गरेका छन् ।

सोही कम्पनीको सुरक्षा अधिकारीको रुपमा कार्यरत सुशील कुमार महतोको पहलमा धनुषाको सबैला नगरपालिका-१० राजेश कापरका २ वर्षीय छोरा रितिकलाई एकमुष्ट ३० हजार ८०० रुपैया आर्थिक सहयोग गरिएको हो ।

Add
advertise

महतोले फेसबुक मार्फत अपिल गर्दै आफ्नो कम्पनीमा कार्यरत साथीहरू र नजिकैका सरसफाइ कम्पनी ( हाउस क्लिनिङ्ग)का साथीहरू सङ्ग सल्लाह गरि सम्पुर्ण साथीहरूबाट उक्त रकम संकलन गरि बिरामीका बाबु राजेशको खातामा जम्मा गरिएको राजेशले जानकारी दिए । साथै उनले थप सहयोगको लागि पहल गर्ने पनि बताए ।

रितिकलाई बच्चाहरुमा देखिने क्यान्सरको सामान्य प्रकार ( b-cell acute lymphoblastic leukemia) गत बर्ष देखिएको थियो । उक्त समस्याको उपचार सम्भव भएपनि उपचार खर्च अत्याधिक महङ्गो भएपछि परिवारले उपचार खर्च जुटाउन नसकेको बुवा राजेशले बताए ।

राजेशका अनुसार उक्त समस्याको उपचार बेलैमा हुनुपर्ने र तत्कालै करिबल२० लाखबढि रकम आवश्यक पर्ने भएपछि आर्थिक समयमा भएको हो ।

साथै कसैले सहयोग गर्न चाहेमा बिरामीका बुवा राजेश कापरको मोबाइल नम्बर :९८१७६८९२७९ र एभरेष्ट बैंक लिमिटेड काठमाडौं ब्रान्च को खाता नम्बरः ०१४००५०१२११३३७ मा सहयोग गर्न सकिने बिरामीका आफन्तले अनुरोध गरेका छन् ।