उपत्यकामा कडाइसाथ भदौ १७ गतेसम्म निषेधाज्ञा जारी हुने

everest kitchen


काठमाडौं । काठमाडौं लगायत उपत्यकामा आउने भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा पुनः थप गरिएको छ ।

यसअघि भदौ ३ गतेदेखि लागु गरिएको एक साताको निषेधाज्ञालाई एक साता थप गर्दै १७ गतेसम्म लागु गरिएको हो । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।

Add
advertise

निषेधाज्ञालाइ पहिला भन्दा कडाइका साथ लिइने बताएको छ । अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको हो ।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।
सरकारी गाडी, एम्बुलेन्स, सुचना तथा सञ्चार र कार्डबाहक सवारीसाधनहरू भने चल्न पाउनेछन् ।