४ जना जुवाडे नगदसहित पक्राउ

everest kitchen


कैलाली । धनगढी उपमहानरगपालिका-३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

जसअनुसार जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बडहरा बस्ने वर्ष ४७ को रत्न राज रेग्मी, वडा नं २ बैया बेहडी बस्ने वर्ष ३५ को सम्राट र बिक्की भन्ने अवनिस सिंह, वडा नं २ बैया बेहडी बस्ने वर्ष २९ को सुमित भन्ने अनुराग र वडा नं ३ बस्ने वर्ष ३९ को तिलक अधिकारी पक्राउ परेका हुन ।

उनीहरू रत्न राज रेग्मीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।