कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८५ जना संक्रमित, मृत्यु ११ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ७३९ रहेको छ ।

Add
advertise

यस्तै ३८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १९ हजार ५०४ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १७५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ११ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।