गोरू काटेको बिषयमा झडप हुदा घाइते भएका आलमको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा गोरूकाटेको विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३८ वर्षिय रसिकुल आलमको मृत्यु भएको हो ।

Add
advertise

मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको झापा गाउँपालिका– ३ कामाटोलीमा बुधबार दिउसो स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । झडप भएपछि थप मद्दतका लागि गएको सशस्त्र प्रहरी टोलीले गोली चलाउदा आलम घाइते भएका थिए । आलमको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरले जानकारी दिए ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ ।