नियन्त्रित लागूऔषध सहित नवलपरासीबाट दुई जना पक्राउ

everest kitchen


नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।

banner ad
advertise
Add
advertise

ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरुले गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाई छिपाई राखेको अवस्थामा ६६ एम्पुल नुर्फिन समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।