पीएनसीसी मलेसियाको जनचेतना तथा सुचना प्रभाव सम्बन्धि अन्तरक्रिया

everest kitchen

मलेसिया । प्रवासि नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसिया स्थित एभरेस्ट किचेनको हलमा अगष्ट २६ तारीख जनचेता र सुचना सम्बन्धि कार्यक्रम तथा सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

बैदेशिक रोजगारीको लागि मलेसियामा रहेका नेपाली श्रमिकहरुले भोग्नु परेको समस्या र त्यसको कारण पहिचान गरि उक्त समस्या समाधान र न्युनिकरणको लागि के कस्ता जनचेतनामुलक कार्यक्रम तथा सामग्रीहरुले गर्न सक्छ भन्ने सल्लाह सुझाव संकलन गरि आगामि दिनमा कार्यनयन गर्न उक्त कार्यक्रम आयोजना भएको हो ।

banner ad
advertise
Add
advertise

कार्यक्रममा नेपाली राजदुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थी, एनआरएनएका केन्द्रीय सदस्य संकर बहादुर पौडेल, नेपाल आदिवास जनजाति मलेसियाका अध्यक्ष बिपिन राई, हामी ग्लोबल नेपाली मलेसियाका संयोजक पासाङ तामाङ, शुदुरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष कौलास बोहोरा, ओखलढुंगा सेवा समाज मलेसियाका अध्यक्ष हिरालाल दयाल, किराँत याक्थपम चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ, नेपाल तामाङ घेदुङ मलेसियाका महासचिव छिवाङ पाख्रिङ, असल छिमेकी मलेसियाका सल्लाहकार जागिर धन गुरुङ, नेपाल कलाकार संघ मलेसियाका अमिर लोप्चन लगायत एक दर्जन बढि संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो धारण र सुझाव दिने क्रममा मलेसियामा रहेको सम्पूर्ण संघसंस्थाहरु संग सहकार्य र समन्वय गरि स्वस्थ, हक अधिकार र नियम कानुन सम्बन्धि बिषयका बिज्ञहरु नेपालबाट ल्याएर वा मलेसियाकै बिज्ञहरु द्वारा नेपाली श्रमिकहरुलाई परामर्श र प्रशिक्षण प्रदान गर्नेमा जोड दिएको थियो । त्यस्ता खालका परामर्श सामाजिक संजाल र संचारमाध्यको प्रयोग गर्दै भिडियो, पोस्टर माध्यमबाट श्रमिकमा जनचेतनाको पहुच पुय्राउन सकिने सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली दुतवास मलेसियाका श्रम सहचारी प्रकाश पन्थीले भने “मलेसियामा रहेका नेपाली श्रमिकहरु समस्या पर्नुको मुल कारण ब्यक्तिगत स्वास्थ,भाषिक समस्या, नियम कानुन प्रति अनभिज्ञ र साधारण सीपको कमीको कारण दु:ख खेप्नुपरेकोले दुतावासले यससम्बन्धी सहायता प्रदान गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

साथै प्रवासी नेपाली समन्वय समितिको बारे नेपाल मै छदा देखि नै जानकार रहेकोले यहाँ आवश्यक सहयोग र समन्वयको लागि तत्पर रहेको पनि पन्थीले बताए ।

यस्तै पीएनसीसी मलेसिया संयोजक मछिन्द्रनाथ चापागाईका अनुसार आगामी कार्य योजना सफल पार्न परियोजना ब्यबस्थापन समिति गठन कार्य सम्पन्न भएको र मलेसियाका विभिन्न क्षेत्रमा आठ जना स्वयंसेवकहरु नियुक्ति गरि सुझाव र आवश्यकताका आधारमा श्रमिक स्तरमा परिचालन गरि नेपाली श्रमिकको समस्यामा सहयोग गरिने बताए ।