कुटपिट गरि छिमेकीको हत्या गर्ने बादी पक्राउ

everest kitchen
साङ्केतिक फाेटाे

रोल्पा ।  परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई एक्कासी चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो।

Add
advertise

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।