कोरोना : नेपालमा गएको २४ घण्टामा १ हजार १ सय ११ जना संक्रमित, मृत्यु ८ जना

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ११ सय ११ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ११ सय ११ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १५ हजार २७३ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै ५६९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार ७३ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १८३ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ८ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।