नेपाल आइडलको ग्रान्ड फिनाले आज शुक्रबार

everest kitchen

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनाले हुदैछ । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ ।

विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । हजारौं प्रतिस्पर्धीबाट चयन भएर प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।

banner ad
advertise
Add
advertise

एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो रियालिटी सो कोरोना प्रकोपसंगै केही समय रोकिएको थियो । पहिले जस्तो तामझाम नभएपनि आयोजकले शुक्रबार स्टोडियोबाटै एक कार्यक्रम गर्दै विजेता सार्वजनिक गर्न लागेको हो । कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

यसअघिका पहिलो सिजनमा बुद्ध लामा र दोस्रो सिजनमा रवि ओडले यो उपाधि चुमिसकेका छन् ।