लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

everest kitchen
photo file

बाजुरा । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् ।

banner ad
advertise
Add
advertise

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरेको उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।